खेलकुद

मानेको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा खेलको ४१औ मिनेटमा साडियो मानेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि अल नासरको १० खेलमा २२ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी अल रियादको १० खेलमा १४ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *