काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सिसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक–एक गोल गरेका थिए ।
दुवै गोल पेनाल्टीबाट भएका थिए । यो जितपछि रियल म्याड्रिडको ५ खेलमा ११ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै रियल सोसीडाडको भने यस सिजनमा यो तेस्रो हार हो । ५ खेलमा ४ अंक रहेको सोसीडाड १६औं स्थानमा झरेको छ ।




