काठमाडौँ । चेल्सीले इङलिस प्रिमियर लिग अन्तर्गत बोर्नमाउथलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा खेलको ८६औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस गोलका लागि आफ्नो डेभ्यु खेल खेलिरहेका जार्डन सान्चोले असिस्ट गरेका थिए । यस खेलमा प्रिमियर लिगको पहेलो कार्डको नयाँ कीर्तिमान समेत बनेको छ । यस खेलमा कुल १४ पहेलो कार्ड देखाइएको थियो । जसमा चेल्सीका खेलाडीलाई ८ र बोर्नमाउथका ६ खेलाडीलाई पहेलो कार्ड देखाइएको थियो ।
यस अघि प्रिमियर लिगमा १३ पहेलो कार्डको कीर्तिमान रहेको थियो, जुन गत सिजनमा टोटनह्याम र शेफिल्ड युनाइटेडबीच देखाइएको थियो । यो चेल्सीको यस सिजनमा दोस्रो जित हो । ४ खेलमा २ जित, एक बराबरी र एक हार बेहोरेको चेल्सीको ७ अंक भएको छ । त्यस्तै बोर्नमाउथको भने ४ खेलमा ५ अंक रहेको छ ।




