खेलकुद

आर्सनलको लगातार दोस्रो जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलले २ खेलमा ६ अंक हासिल गरेको छ भने एस्टन भिल्लाको २ खेलमा ३ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *