काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा बायर लेभरकुसेनले विजयी सुरुआत गरेको छ ।
शुक्रबारबाट सुरु भएको नयाँ सिजनको पहिलो खेलमा लिभरकुसेनले बोरुसिया मुन्चेलवागलाई ३–२ गोल अन्तरले पराजित गर्दै पहिलो खेलमै ३ अंक लिन सफल भएको हो ।
बोरिुसयाको मैदानमा पाहुना टोली बायरले १२औं मिनेटमा अग्रता लिएको थियो । बायरका ग्रनाइट जाकाले गोल गर्दै अग्रता दिलाएका थिए । ३८औं मिनेटमा फ्लोरेन्ट विट्जले गोल गरेपछि बायरले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । पहिलो हाफमा २ गोलले पछि परेको बोरुसियाले दोस्रो हाफमा कमब्याक गर्न सफल भयो । तर अन्तिम समयमा धैर्यता गुमाउन पुगेको थियो ।
५९औं मिनेटमा निको एलभेडीले गोल गर्दै बोरिुसयालाई २–१ अवस्थामा ल्याएका थिए । ८५औं मिनेटमा टिम केलनडेनेस्टले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो । दोस्रो हाफको अतिरिक्त ११औं मिनेटमा फ्लोरिन विट्जले व्यक्तिगत दोस्रो गोल गर्दा बायर लेभरकुसेन अन्ततः ३–२ को जित निकाल्न सफल भयो । फ्लोरेन्टले प्रहार गरेको पेनाल्टी रिबाउन्ड भएर आउँदा गोलमा परिणत गरेका थिए ।




