काठमाडौं। नेक्सस क्रिकेट एकेडेमी पेप्सीकाेला काठमाडौ ले महिला क्रिकेटर सम्झना खड्काले पहिलाे अन्तरास्ट्रिय हाफ सेन्चुरी प्रहार गर्दै एशिया कपमा नेपाल लाई बिजयी गराएकाे अबसरमा महिला क्रिकेटरहरू लाई ६ महिना पुर्ण निशुल्क ट्रेनिङ काे घाेषणा गरेकाे छ । सम्झना खड्काले केही महिना नेक्ससकाे हाेस्टेलमा बसेर ट्रेनिङ गरेकी थिईन ।
महिला एशिया कपमा युएई बिरूद्द सम्झनाले ४५ बल मा ७२ रनकाे नटआउट पारी खेल्दै नेपाल लाई पहिलाे जित दिलाएकी छन । याे उनकाे करियरकै पहिलाे अन्तरास्ट्रिय हाफ सेन्चुरी हाे भने नेपालकाे पनि एशिया कप काे पहिलाे हाफ सेन्चुरी हाे ।
सम्झना र नेपाली महिला टिमकाे सफला लाई अबिस्मरणीय बनाउन नेक्सस क्रिकेट एकेडेमी ले एकेडेमी मा ट्रेनिङ गर्न चाहाने सम्पुर्ण महिला क्रिकेटर लाई पुर्ण निशुल्क ट्रेनिङ गराने कुरा नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाही ले जानकारी गराउनु भएकाे छ । महिला क्रिकेटर लाई नेक्ससमा बिदेशी काेच प्रशिक्षक ले प्रशिक्षण दिईने छन




