काठमाडौँ । अस्ट्रेलियाले भारतलाई ३५३ रनको लक्ष्य दिएको छ । जारी एकदिवसीय सिरिजको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर ३५२ रन बनाएको हो ।
अस्ट्रेलियाका लागि मिचेल मार्शले सर्बाधिक ९६ रन बनाएका थिए । त्यस्तै स्टिभ स्मिथले ७४ रन बनाए भने मार्नस लाबुसचाग्नेले ७२ रन बनाएका थिए ।
त्यसैगरी डेभिड वार्नरले ५६ रन बनाए भने कप्तान पाट कमिन्सले अविजित १९ तथा एलेक्स केरीले ११ रन बनाएका थिए ।
त्यसैगरी भारतका बलर जसप्रित बुमराहले सर्बाधिक ३ विकेट लिए भने कुलदीप यादवले २ तथा मोहमद सिराज र प्रसिद कृष्णले एक एक विकेट लिए ।
जारी तीन खेलको सिरिजमा यस अघिक २ खेलमा भारतले जितेर सिरिज भने जितिसकेको छ ।




