काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार पाँचौं जित हासिल गरेको छ ।
शुक्रबार राति सम्पन्न खेलमा अल नासरले बलियो मानिएको अल अहिल साउदीलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ र टालिस्काले २ गोल गरेका थिए । रोनाल्डोले यस सिजनको साउदी प्रो लिगमा अहिलेसम्म सर्बाधिक ९ गोल गरेका छन् ।
त्यस्तै अल अहिलका लागि फ्रयांक केस्से, रियाद महरेज र फेराज अलब्रिकानले एक एक गोल गरेका थिए ।
यो जितपछि अल नासरको ७ खेलमा १५ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै अल अहिलको ७ खेलमा १५ नै अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ ।




