खेलकुद

जाभी सन् २०२५ सम्म बार्सिलोनामा रहने सम्झौता

बार्सिलोना । स्पेनी क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले क्लबसँग आफ्नो सम्झौता थपिएको घोषणा गरेका छन् ।

सन् २०२१ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका बार्सिलोनाका पूर्व मिडफिल्डर जाभीले आफ्नो सम्झौता एक सिजन अर्थात् सन् २०२५ सम्मका लागि लम्ब्याउन सहमत भएका छन् ।

जाभीले बार्सिलोनालाई सन् २०१९ पछि पहिलो पटक ला लिगा र गत सिजन स्पेनी सुपर कपको उपाधि दिलाउन सफल भएका थिए ।

सेल्टा भिगोविरुद्ध शनिबार हुने खेलअघि पत्रकार सम्मेलनमा जाभीले भने, “हामी कठिन समयमा आएका थियौं । गत वर्ष हामीले दुई महत्वपूर्ण उपाधि जितेका थियौं । हामी सङ्क्रमणको अवस्थामा छौं ।’

ला लिगामा रियल बेटिस र च्याम्पियन्स लिगको समूह चरणमा रोयल आन्टवर्पलाई ५–० ले हराउँदै बार्सिलोनाले आफुले जिम्मेवारी सम्हालेयताका दुई उत्कृष्ट खेल हासिल गरेको जाभीले बताए ।

जाभीले रोनाल्ड कोम्यानबाट सन्यास लिएको दुई वर्षपछि सन् २०२४ को जुनसम्मका लागि स्पेनी क्लब बार्सिलोनासँग सम्झौता गरेका थिए ।

यस सिजनको स्पेनी ला लिगामा रियल मड्रिडभन्दा दुई अङ्कले पछि रहेको बार्सिलोना दोस्रो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *