काठमाडौँ । पाकिस्तानले न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न पहिलो खेलमा पाकिस्तानले न्यूजील्याण्डलाई ५ विकेटले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।
न्यूजील्याण्डले दिएको २८९ रनको लक्ष्य पछाएको पाकिस्तानले ४८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
पाकिस्तानका लागि फाकर जमानले ११७ रनको शानदार पारी खेलेका थिए भने इमाम उल हकले ६०, कप्तान बाबर आजमले ४९ र मोहमद रिजवानले अविजित ४२ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २८८ रन बनाएको थियो । न्यूजील्याण्डका लागि डार्यल मिचेलले ११३ रन बनाए भने विल योंगले ८६ रन बनाएका थिए ।
यो जितपछि पाकिस्तानले पाँच खेलको एकदिवसीय सिरिजमा १-० को बढ्त बनाएको छ । अब दोस्रो खेल शनिबार हुने छ ।




