काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मोन्टपेल्लीएरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मोन्टपेल्लीएरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा फाबियन रुइज, लियोनेल मेसी र वारेन जैर एमेरीले एक एक गोल गरेका थिए ।
यस खेलमा किलियन एम्बाप्पेले दुई पेनाल्टी मिस गरेका थिए । उनले खेलको आठौ र १०औं मिनेटमा पेनाल्टी मिस गरेका थिए । त्यस्तै एम्बाप्पे यस खेलमा घाइते भएपछि खेलको २१औँ मिनेटमा नै मैदान छोडेका थिए ।
त्यस्तै मोन्टपिल्लीएरका लागि अर्नाउड नोर्दीनले एक गोल गरेका थिए ।
यो जितपछि पिएसजीको २१ खेलमा ५१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । पिएसजी हाल दोस्रो स्थानमा रहेको मार्सेलीभन्दा ५ अंकले अगाडी रहेको छ ।
त्यस्तै मोन्टपिल्लीएरको भने २१ खेलमा २० अंक छ र लिगमा १४औ स्थानमा रहेको छ ।




