काठमाडौं । इङल्याण्डले पहिलोपटक महिला युरोपेली च्याम्पियन्सिपको उपाधि जितेको छ ।
फाइनलमा जर्मनीलाई २–१ गोलले पराजित गर्दै इंग्ल्याण्डले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि खेलको ११० औं मिनेटमा इङल्याण्डको लागि क्लोए केल्लीले निर्णायक गोल गरिन् ।




