खेलकुद

यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौं । यू–२० च्याम्पियनसिपमा नेपालले भारतसँग लज्जास्पद पराजय भोगेको छ ।

सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको हो ।

माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारत विरुद्ध भने कमजोर देखिएको हो । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा ७ गोल थप्यो ।

तीन खेलबाट नेपालको ६ अंक भएपनि उति नै खेलबाट भारतले समेत ६ अंक जोडेको छ । तर हेड टु हेड र गोल अन्तर दुवैमा नेपाल भन्दा भारत अघि छ । समान अंक भएपनि नेपालभन्दा अघिल्लो स्थानमा भारत रहेका कारण नेपालको फाइनल खेल्ने सम्भावना समेत कमजोर बनेको छ । बंगलादेश सबै तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *