खेलकुद

क्यान अध्यक्ष चन्दलाई आईसीसीद्वारा सम्मान

काठमाडौं । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई आईसीसीले लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ ।

इंग्ल्यान्डको बर्मिङ्गममा जारी आइसिसीको वार्षिक साधरण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेवापत अवार्ड दिएको हो ।

आईसीसीको साधारणसभामा सहभागी हुन अध्यक्ष चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल बेलायतमा छन् । विक्रम सम्बत् २०७२ सालमा क्यान अध्यक्षमा निर्वाचित भएका चन्द अहिले पनि अध्यक्ष नै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *