खेलकुद

फुटबलमा विवाद बढ्दै, कप्तान चेमजोङले पनि गरे अल्मुताइरीको विरोध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीप्रति देखाएको व्यवहारप्रति असन्तुष्टि रहेको जनाएका छन् ।

अहिले माल्दिभ्समा रहेका कप्तान किरणले फेसबुकमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्,‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।’

खेलाडीको पक्षमा रहेको भन्दै चेमजोङले प्रशिक्षकको आलोचना समेत गरेका छन् । यसअघि आजै प्रशिक्षणमा रहेका खेलाडीहरुले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विरोध गर्दै क्याम्प छाडेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *