मुख्य समाचार

शहिद स्मारक बी डिभिजन लिग : सामाजिक युथलाई हराउँदै बाँसबारी दोश्रो स्थानमा

काठमाडौं । ललितपुरमा जारी शहिद स्मारक ‘बी डिभिजन लिग’ फुटबलमा बाँसबारी क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा भएको खेलमा बाँसबारीले सामाजिक युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको भएपनि खेलको दोस्रो हाफमा भने बाँसबारीका लागि सौरभ कार्कीले ८९ औं मिनटमा निर्णायक गोल गरेका हुन् ।

जितसँगै बाँसबारीले जारी लिगमा १० खेलबाट १६ अंक जोड्दै दोश्रो स्थानमा उक्लिदा सामाजिक युथ क्लब भने ११ खेलबाट १० अंकसहित तालिकको १२ औं स्थानमा रहेको छ ।

१४ टिम सहभागी लिगको समाप्तिपछि शिर्ष स्थानमा रहने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली रेलिगेशनमा पर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *