खेलकुद

रुसी फुटबलमाथि फिफाले लगायो प्रतिवन्ध

काठमाडौं । फिफा र युरोपेली फुटबल महासंघले रुसी राष्ट्रिय टिम र क्लबलाई अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध लगाएका छन् ।

युक्रेनामाथि आक्रमण गरेको विरोधमा रुसी फुटबल क्लव र राष्ट्रिय टिमलाई अनिश्चितकालका लागि प्रतिवन्धको निर्णय गरेको जनाइएको छ ।

फिफाको निर्णयपछि कतारमा हुने विश्वकप र महिलाको युरो २०२० मा रुसले खेल्न पाउने छैन ।

दुबै संस्थाले युक्रेनमाथि रुसी हमला विश्व खेलकुदको भावनाविरुद्ध रहेको भन्दै प्रतिवन्धको घोषणा गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *