काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेले १५ औं संस्करणको आईपीएल खेल्ने सम्भावना कमजोर बनेको छ ।
शनिबार भएको अक्सनमा कुनै पनि टीमले सन्दिपलाई बोली लगाएनन् । दुई दिनसम्म चल्ने अक्सन आइतबार पनि हुने भएपनि लामिछानेलाई कुनै पनि टिमले प्राथमिकतामा नराखेको देखिएको हो ।
गतवर्ष समेत आइपिएलमा कुनै पनि समुहले आवद्ध नगराएका लामिछाने यषवर्ष पनि सम्भावना कम देखिएको हो । आईपीएलको अक्सनका लागि नेपालबाट १५ खेलाडीले आवेदन दिएको भएपनि अन्तिम सूचीमा भने सन्दीपको मात्र नाम समावेश गरेको थियो ।




