काठमाडौं । बेइजिङ ओलम्पिक आजबाट सुरु भएको छ।
२४ औँ शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी चिनफिङले स्थानीय समयअनुसार शुक्रबार राति ८ बजे उद्घाटन गर्दैछन् ।
ओलम्पिकको उद्घाटन समारोहमा विश्वभरका ९७ मुलुकका प्रतिनिधिहरुको उपस्थित भएका छन् । ओलम्पिकको उद्घाटन र समापन समारोहमा भारतीय प्रतिनिधिहरु सहभागी नहुने भएका छन् । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने चीन पुगिसकेका छन् ।




