काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीहरुले सतप्रतिशत खेलेका कारण मौरिससलाई पराजित गर्न सफल भएको बताएका छन् ।
मौरिससलाई १–० गोलले पराजित गर्न सफल भएपछि अल्मुताइरीले खेलाडीहरुले हृदयबाटै खेलेकाले नतिजा सम्भव भएको बताए । उनले भने,‘हाम्रा खेलाडीले हृदयदेखि खेले। उनीहरुले केही विशेष देखाएका थिए। शारीरिक रुपमा बलियो टिमसँग खेलेका थियौँ ।’




