खेलकुद

आइपिएलको नयाँ टिम लखनउको आधिकारिक नाम घोषणा

काठमाडौं । आईपिएल–२०२२ मा थपिएको नयाँ टिम लखनउले अधिकारिक नाम सार्वजनिक गरेको छ ।

लखनउ सुपर जायन्ट्स केएल राहुल कप्तानीमा रहनेछ । लखनउले मेगा अक्सनअघि नै केएल राहुलसहित तीन खेलाडीलाई अनुबन्ध गरिसकेको छ ।

राहुललाई १७ करोड भारतीय रुपैयामा अनुबन्ध गरेको टिमले अस्ट्रेलियन अलराउण्डर मार्कस स्टोइनिसलाई ९ दशमलव २ करोड र रभी बिस्नोईलाई ४ करोडमा अनुबन्ध गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *