काठमाडौँ । अस्ट्रेलियामा जारी बिग बास लिगमा अलराउन्डर ग्लेन म्याक्सवेलले कीर्तिमानी ब्याटिंग गरेका छन् ।
बुधबार होबर्ट हुरिक्यान्सविरुद्ध आक्रामक ब्याटिंग गर्दै म्याक्सवेलले अविजित १५४ रनको पारी खेलेका छन् ।
म्याक्सवेलले बिग बास लिगकै इतिहासमा अहिलेसम्मको व्यक्तिगत सबै भन्दा बढी रन बनाएर यो किर्तिमान बनाएका छन् ।
यसअघि अस्ट्रेलियाका मार्कोस स्टोइनिसले बनाएको १४७ रन बिग बास लिगको व्यक्तिगत सर्बाधिक रन थियो ।
म्याक्सवेलले ६४ बलमा १५४ रन बनाउदा २२ चौका र ४ छक्का प्रहार गरेका थिए ।
यस खेलमा मेलवर्न स्टार्सले २० ओभरमा २ विकेट गुमाउदै २७३ रन बनाएर होबर्टलाई २७४ रनको लक्ष्य दिएको छ ।
यस खेलमा ४ ओभर बलिङ गरेका नेपाली बलर सन्दीप लामिछानेले ५२ रन दिएका थिए भने कुनै विकेट लिन सकेनन् ।




