खेलकुद

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरु

काठमाडौं । राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा शुरु भएको प्रशिक्षणमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बोलाएपनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए ।

फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र मोरिसस बीच दशरथ रंगशालामा माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ । तर नेपालमा कोरोना संक्रमण तिव्र गतिमा फैलिइरहेका कारण खेल हुने वा नहुने भन्नेमा भने शंका शुरु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *