काठमाडौं । लिभरपुल इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
मोहम्मद सालाह र सडियो मानेविनाको गोलको मद्दतले लिभरपुलले आइतबार राति ब्रेन्टफोर्डलाई ३–० ले हराउँदै दोस्रो स्थानमा पुगेको हो ।
लिभरपुलले घरेलु मैदानमा ४४ औँ मिनेटमा अग्रता लिएको थियो । ६९औँ मिनेटमा दोस्रो तथा ७७ औँ मिनेटमा तेस्रो गोल गर्दै सहजै तीन अंक जोडेको छ ।




