काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कार्यसमितिको बैठक बोलाएको छ ।
एन्फा कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेका थिए । उनीहरुले बैठक राख्न माग गरेपछि बैठक पुस २२ गतेलाई बोलाइएको हो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधारले कार्यसमिततिका सबै सदस्यलाई सोमबार पत्राचार गर्दै पुस २२ गतेका लागि बैठक बोलाएका हुन् ।
एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले एन्फाको बैठक बोलाउन माग गरेका थिए ।




