खेलकुद

बिग बास लिगमा सन्दीपको खराब प्रदर्शन जारी

काठमाडौँ । अस्ट्रेलियामा जारी बिग बास लिग अन्तर्गत होबर्ट हुरीक्यान्सले आफ्नो तेस्रो खेल जितेको छ ।

सोमबार होबर्टले एडीलेड स्ट्राइकर्सलाई ७ विकेटले पराजित गरेको हो । एडीलेडले दिएको १७६ रनको लक्ष्य पछाएको होबर्टले १८.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि एडीलेडले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १७५ रन बनाएको थियो ।

आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन खराब भएको छ । सन्दीप आज पनि विकेट विहिन बन्दै धेरै रन दिएका छन् । यस खेलमा ३ ओभर बलिङ गर्दै सन्दीपले ३१ रन दिएका थिए । सन्दीपले पछिल्ला तीन खेलमा कुनै विकेट लिन सकेका छैनन् । यस सिजनमा ६ खेलमा सन्दीपले केवल २ विकेट लिएका छन् ।

त्यस्तै यो जितपछि होबर्ट लिगमा तेस्रो स्थानमा उक्लिएको छ । होबर्टको ६ खेलमा १४ अंक भएको छ । त्यस्तै एडीलेडको भने ६ खेलमा ७ अंक रहेको छ र लिगमा छैटौ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *