खेलकुद

ए डिभिजन लिग फुटबल : पुलिस र फ्रेन्ड्सले बराबरी खेले

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा पुलिसले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीसँगै पुलिसले ६ खेलमा ६ अंक जोड्दै तालिकाको आठौं स्थानमा रहेको छ। भने फ्रेन्ड्सले ६ खेलमा ३ अंक जोड्दै अंकतालिकाको पुछारमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *