काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल बंगलादेशसँग १५४ रनले पराजित भएको छ ।
युएईमा शुक्रबार भएको पहिलो खेलमा बंगलादेशले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४२ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४३ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान देव खनाल १२ रनमा आउट हुँदा गुल्शन झाले सर्वाधिक ३५ रन भने विवेक यादव २६ रनमा आउट भए । विवेक मगरले ३३ रन बनाए अर्जुन साउदले १५ रन बनाए ।
जितसँगै समूह बी मा रहेको बंगलादेशले २ अंक जोड्दै बंगलादेश शीर्ष स्थानमा छ भने नेपाल अंकविहीन रहँदै पुछारमा रहेको छ । नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध आइतबार खेल्नेछ ।




