काठमाडौं । बंगलादेशले दोस्रो पटक यू–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।
ढाकामा भएको फाइनल खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गर्दे घरेलु दोस्रोपटक उपाधि जितेको हो । यसअघि भुटानमा भएको यू–१८ साफमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो ।
बंगलादेशको जितमा मोगिनीले ८० औं मिनेटमा निर्णायक गोल गरिन् । नेपाल तेस्रो स्थानमा रहन सक्यो ।




