काठमाडौं । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन् ।
नेपाल भलिवल संघ (एनभिए) ले लक्ष्मी सहित १२ सदस्यीय टोली घोषणा गरेको हो । न्यून कारखानालाई प्राप्त स्रोत अनुसार लक्ष्मिले पहिलो पटक स्थान बनाउदा सरस्वती जैशी, निरुता थगुन्ना र कबिता भट्ट बाहिर रहे ।
यस अघि महिला टोलिका प्रशिक्षक जगदीश भट्टले शुक्रबार छनोट खेल खेलाइ २० खेलाडी बाट १५ सदस्यीय राष्ट्रिय महिला टोलीको छ्नोट गरेका थिए ।
टोलीमा लक्ष्मी चन्दले पहिलोपटक स्थान बनाएउदा शान्ती थारु, कृपा अधिकारी, कामना विस्ट र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका हुन् ।
विभागीय टोली त्रिभुवन आर्मीकी कप्तान कृपा अधिकारीले यसअघि विभागिय तालिममा रहेका कारण प्रशिक्षणमा सहभागी भएकी थिइनन । यस्तै पुलिसकी कामना भने चोटका कारण आराममा रहेकी थिइन् ।
विगत लामो समय देखी निरन्तर राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहँदै आएकी एपिएफकी रेश्मा भन्डारीसहित पुमन चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी यस अघिनै टोली बाहिर रहे ।
अन्तिम छनोटबाट एपीएफकि कविता भट्ट र निरुता ठगुन्ना बाहिर रहदा आर्मीकी सरस्वती जैसी आउट भइन ।
बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने प्रतियोगिताको लागि नेपालि महिला र पुरुष टोलिले प्रशिक्षण सुरु गरेका हुन् ।
छनोट भएका १२ खेलाडी :
१- प्रतिभा माली २- सरस्वती चौधरी ३- शान्ति थारु ४- उषा भण्डारी ५- सफिया पुन ६- सुनिता खड्का ७- मनिषा चौधरी ८- कामना विष्ट ९- लक्ष्मी चन्द १०- सलिना श्रेष्ठ ११- अरुणा शाही १२- कृपा अधिकारी




