काठमाडौं । भारत र न्युजिल्याण्डका बिचमा भएको पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा भारत वीजयी भएको छ ।
जयपुरमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । न्युजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले दुई बल बाँकी रहँदै ५ विकेट गुमाएर भेटाएको हो । रोहित शर्माको कप्तानीमा भएको पहिलो खेलमा भारतले संघर्षपुर्ण जीत निकालेको हो ।
भारतका लागि कप्तान शर्माले ४८ रन बनाएर आउट हुँदा सूर्यकुमार यादवले ६२ रन बनाए । केएल राहुल १ रनमा आउट भए भने रिषब पन्त १७ रनमा अविजित रहे । टि–२० इन्टरनेशनलमा डेव्यू गरेका वैकटेश लायर ४ रनमा आउट भए ।
त्यसअघि पहिला व्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले ७० रन बनाए भने मार्क चम्पनले ६३ रन बनाए ।




