काठमाडौं । न्युजिल्याण्ड पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा इङग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड फाइनल प्रवेश गरेको हो । विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनलमा इङग्ल्याण्डले न्युजिल्याण्डलाई १६७ रनको लक्ष्य दिएको थियो ।
१६७ रनको लइष् पछ्याएको न्युजिल्याण्डका जेम्स निशामले विस्फोटक व्याटिङ गर्दै १० बलमा २६ रन बनाए । खराब शुरुवात गरेको न्युजिल्याण्डका लागि डेर्ल मिचेलले सर्वाधिक ७३ रन बनाए । त्यस्तै डेवोन कन्वेले ४६ रन बनाए । मार्टिन गुप्तिल ४ रनमा आउट भए भने कप्तान केन विलियम्सन समेत ५ रनमा आउट भए ।
त्यसअघि टस हारेर पहिला व्याटिङ शुरु गरेको इङग्ल्याण्डले २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको हो । इङग्ल्याण्डका लागि मोइन अलिले ५१ रन बनाए ।
जोस बटलर २९ रनमा आउट भए भने जोनी बैस्ट्रोले १३ रनमा आउट भए । त्यस्तै डेविड मेलन ४१ रनको योगदान गरे भने लाइम लिभिङस्टोनले १७ रन बनाए । कप्तान इवान मोर्गन ४ रनमा अविजित रहे ।
न्युजिल्याण्डका टिम साउथी, इश सोधी, जेम्स निशामले समान र एदम मिल्ने समान एक एक विकेट लिए ।




