खेलकुद

विश्वकप क्रिकेट सेमिफाइनल : इङग्ल्याण्डद्वारा न्युजिल्याण्डलाई १६७ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनलमा इङग्ल्याण्डले न्युजिल्याण्डलाई १६७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला व्याटिङ शुरु गरेको इङग्ल्याण्डले २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको हो । इङग्ल्याण्डका लागि मोइन अलिले ५१ रन बनाए ।

जोस बटलर २९ रनमा आउट भए भने जोनी बैस्ट्रोले १३ रनमा आउट भए । त्यस्तै डेविड मेलन ४१ रनको योगदान गरे भने लाइम लिभिङस्टोनले १७ रन बनाए । कप्तान इवान मोर्गन ४ रनमा अविजित रहे ।

न्युजिल्याण्डका टिम साउथी, इश सोधी, जेम्स निशामले समान र एदम मिल्ने समान एक एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *