खेलकुद

भारतीय टि–२० क्रिकेटको कप्तान बने रोहित शर्मा

काठमाडौं । न्यजिल्याण्डविरुद्ध खेल्ने भारतीय क्रिकेट टीमको घोषणा भएको छ ।

कप्तान विराट कोहलीले सन्यास लिएपछि टि–२० टिमको कप्तानी रोहित शर्माले गर्ने भएका छन् । भारतले न्युजिल्यान्डसँग टी–ट्वान्टी क्रिकेट सिरिज खेल्नेछ । उक्त सिरिजका लागि भारतले रोहित शर्माको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

रोहितलाई कप्तान र केएल राहुललाई उपकप्तान बनाइएको छ । भारत र न्यजिल्याण्डसँग १७ नोभेम्बरमा पहिलो खेल जयपुर र दोस्रो राँचीमा १९ नोभेम्बरमा हुनेछ भने अन्तिम खेल २१ नोभेम्बरमा कोलकतामा हुनेछ ।

यस्तो छ भारतीय टिम
रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, ऋतुराज गायकवाड, श्रेयस ऐर, ईशान किशन, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल, मोहम्मद शिराज, वेंकटेश ऐर र युजभेन्द्र चहल ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *