खेलकुद

विश्वकप क्रिकेट : भारतको सान्त्वना जीत

काठमाडौं विश्वकप क्रिकेटअन्तर्गत आज भएका खेलमा भारतले सान्त्वना जीत निकालेको छ ।

विश्वकपबाट बाहिरिएसकेको भारतले कमजोर टिम नामिवियालाई ९ विकेटले पराजित गरेको हो । १३३ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको भारतले एक विकेट गुमाएर १५ दशमलव २ ओभरमा पुरा गरेको हो ।

भारतका लागि रोहित शर्माले ५६ रन, केएल राहुलले ५४ रन र सूर्यकुमार यादवले २५ रन बनाए । समुह चरणका ५ मध्ये तिन खेलमा जीत निकालेको भारत विश्वकपबाट बाहिरिइसकेको छ ।

भारतीय टीमका कप्तान विराट कोहलीले कप्तानी छाडेका छन् भने भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक रवि शाष्त्रीले समेत टिमको नेतृत्व छाडेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *