खेलकुद

अष्ट्रेलियाको सानदार जीत, सेमिफाइनलको सम्भावना कायमै

काठमाडौं । जारी विश्वकपमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई ८ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ७ विकेटको क्षतिमा १ सय ५७ रनको स्कोर बनायो । कप्तान किरोन पोलार्डले सर्वाधिक ४४ रन बनाए ।

अस्ट्रेलियाले १६ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेटायो । अष्ट्रेलियाका लागि डेविड वार्नरले ५६ बलमा नटआउट रहँदै ८९ रन बनाए । मार्सले ५३ रन बनाए । पाँच खेलमा अस्ट्रेलियाको यो चौथो जीत हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *