काठमाडौं । जारी विश्वकप क्रिकेटअन्तर्गत भारतले उत्कृष्ट प्रदर्शन गरेको छ ।
स्कटल्याण्डलाई भारतले १७ दशमलव ४ ओभरमै अलआउट गरेको हो । स्कटल्याण्डले ८५ रन मात्रै बनाउन सकेको हो । भारतका लागि मोहम्मद सामी एक्लैले ह्याट्रिक गर्दै तिन विकेट लिए । त्यस्तै जसप्रित बुमराहले २ विकेट लिए भने रविन्द्र जडेजाले ३ विकेट लिए । रचिन्द्रन आश्विनले एक विकेट लिए ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले २४ रन बनाए भने माइकल लिन्स्कले २१ रन, मार्क वाटले १४ रन, कलुम म्याकलण्डले १६ रन बनाए । आजको खेलमा भारत अन्तरले विजयी हुँदा सेमिफाइनलमा पुग्ने झिनो सम्भावना समेत रहनेछ ।




