खेलकुद

विश्वकप क्रिकेट : श्रीलंकासँग पराजित भएपछि वेष्ट इन्डिज प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत आज भएको दोस्रो खेलमा श्रीलंका विजयी भएको छ ।

वेष्ट इन्डिजलाई २० रनले हराउँदै श्रीलंका विजयी भएको हो । श्रीलंकाले दिएको १९० रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले पुरै ओभर खेल्दै ८ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो । वेष्ट इन्डिजका सिम्रन हेट्मायरले उत्कृष्ट प्रदर्शन गर्दै ८१ रनको योगदान गरेपनि टिमलाई जिताउन सकेनन् ।

वेष्ट इन्डिजका स्टार खेलाडीहरु क्रिश गेल एक रनमा आउट भए । त्यस्तै द्वाने ब्राभोले दुई रन मात्रै बनाए भने किरोन पोलार्ड शुन्य रनमा आउट भए । आन्द्रे रसेलले २ रन बनाएर आउट हुँदा निकोलस पुरनले भने ४६ रन बनाए । श्रीलंकासँग पराजित भएसँगै वेष्ट इन्डिज जारी विश्वकपबाट बाहिरिएको छ ।

त्यसअघि पहिला व्याटिङ गर्दै श्रीलंकाले ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । श्रीलंकाका लागि चरिथ असलंकाले सर्वाधिक ६८ रन बनाए भने पथुम निशंकाले ५१ रन बनाए । कुशल परेराले २९ रन बनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *