खेलकुद

विश्वकप क्रिकेट : भारतको पहिलो जीत, अफगानिस्तान पराजित

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत भारतले पहिलो जीत निकालेको छ ।

भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको हो । भारतले यसअघिका खेलमा कमजोर प्रदर्शन गर्दै आएको बुधबारको खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको हो । भारतका लागि रोहित शर्माले सर्वाधिक ७४ रन बनाए भने केएल राहुलले ६९ रनको योगदान गरे । त्यस्तै हार्दिक पाण्डेले ३५ र ऋषव पन्तले २५ रन बनाए ।

भारतले जारी विश्वकपमै सर्वाधिक धेरै रन बनाउन सफल बनेको हो । अफगानिस्तानका लागि गुल्वादिन नइवले एक विकेट लिए भने करिम जनतले पनि एक विकेट लिए ।

२११ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको अफगानिस्ताले २० ओभर खेल्दै ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि करिब जनतले सर्वाधिक ४२ रन बनाए भने कप्तान मोहम्मद नावीले ३५ रन बनाए । जीतसँगै भारतले सेमिफाइनल पुग्ने झिनो सम्भावना कायमै राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *