खेलकुद

विश्वकप क्रिकेट : भारतले अफगानिस्तानलाई दियो जारी विश्वकपकै सर्वाधिक रनको लक्ष्य

काठमाडौं । जारी विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई २११ रनको लक्ष्य दिएको छ ।

यसअघिका खेलमा कमजोर प्रदर्शन गर्दै आएको भारतले आजको खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको हो । भारतका लागि रोहित शर्माले सर्वाधिक ७४ रन बनाए भने केएल राहुलले ६९ रनको योगदान गरे । त्यस्तै हार्दिक पाण्डेले ३५ र ऋषव पन्तले २५ रन बनाए ।

भारतले जारी विश्वकपमै सर्वाधिक धेरै रन बनाउन सफल बनेको हो । अफगानिस्तानका लागि गुल्वादिन नइवले एक विकेट लिए भने करिम जनतले पनि एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *