खेलकुद

विश्वकप क्रिकेट : स्कटल्याण्ड आउट

काठमाडौं । विश्वकप क्रिकेटबाट स्कटल्याण्ड आउट भएको छ ।

आज भएको खेलमा न्युजिल्याण्डसँग १६ रनले पराजित भएसँगै स्कटल्याण्ट टी–२० विश्वकपबाट बाहिरिएको हो । दोस्रो जित हात पारेको न्युजिल्याण्डको भने सेमिफाइनल सम्भावना कायमै छ ।

न्यूजिल्याण्डका मर्टिल गुप्टिलको ९३ रनको उत्कृष्ट इनिङसँगै ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । १७३ रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेको स्कटल्याण्डले ५ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सक्यो । जारी विश्वकप क्रिकेटबाट आउट हुने स्कटल्याण्ड पहिलो देश बनेको छ ।

जितपछि ३ खेलबाट ४ अंक जोडेर न्युजिल्याण्ड ग्रुप २ को तेस्रो स्थानमा छ । समुह दुईबाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ भने न्युजिल्याण्ड, अफगानिस्तान, नामिबिया र भारतमध्ये एकले सेमिफाइनलको यात्रा तय गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *