खेलकुद

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको लगातार तेस्रो जीत

काठमाडौं विश्वकप क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ ।

अबुधावीमा भएको खेलमा बंगलादेशलाई दक्षिण अफ्रिकाले ६ विकेटले पराजित गरेको हो । बंगलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १३ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

टस हारेर ब्याटिङ शुरु गरेको बंगलादेशले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८४ रन मात्रै बनाएको थियो । तीन खेलमा जित निकालेसँगै दक्षिण अफ्रिका अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । उसले यसअघि श्रीलंका र वेस्ट इन्डिजलाई पराजित गरेको थियो भने अस्ट्रेलियासँग पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *