खेलकुद

दक्षिण अफ्रिकाविरुद्ध बंगलादेश ८४ रनमै अलआउट

काठमाडौँ ।युएईमा जारी टी–२० विश्वकपको सुपर–१२ मा बंगलादेशले दक्षिण अफ्रिकालाई ८५ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १८ दशमलव २ ओभरमा अलआउट हुँदै ८४ रन बनायो।

उसका लागि मेहदी हसनले २७, लिटन दासले २४ र शमिम हुसेनले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ४ खेलाडी शून्य रनमा आउट भए।

बंगलादेशलाई सस्तैमा समेट्न एनरिक नोर्किया र कासिगो रबाडाले उत्कृष्ट बलिङ गरे। दुवैले समान ३/३ विकेट लिए।

नोर्कियाले ३ दशमलव २ ओभरमा मात्र ८ रन दिँदा रबाडाले ४ ओभरमा २० रन खर्चिए।

यस्तै, तबरेज शम्सीले २ र ड्वेन प्रिटोरियसले १ विकेट लिए।

दक्षिण अफ्रिकी सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ। पहिलो खेलमा अष्ट्रेलियासँगको हारपछि दक्षिण अफ्रिकाले उत्कृष्ट पुनरागमन गरेको छ।

दक्षिण अफ्रिकी टोलीले पछिल्ला २ खेलमा लगातार जित निकालेको छ। बंगलादेशविरुद्ध आज जित निकाल्दै सेमिफाइनलमा पुग्ने सम्भावनालाई थप बलियो बनाउन चाहन्छ।

सुपर–१२ मा बंगलादेशको प्रदर्शन निकै खराब रहेको छ।

बंगलादेशको सेमिफाइनलको यात्रा लगभग सकिएको छ। उसले यसअघिका तीनै म्याच हारेको छ।

यी दुई टिमबीचको ‘हेड टू हेड’ मा दक्षिण अफ्रिका निकै हाबी देखिएको छ। उसले पछिल्ला ५ खेलमा सबैमा जित हात पारेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *