काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत सुपर–१२ को दोस्रो खेलमा भारतले न्युजिल्यान्डलाई १११ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले पुरै ओभर खेल्दै सात विकेट गुमाएर ११० रन बनाएको थियो । न्युजिल्याण्डका इश सोधीले दुई, ट्रेन्ट बोल्ट र टिम साउथीले एक एक विकेट लिए ।
भारतका लागि इशान किशनले चार रन बनाउँदा अर्का ओपनर केएल राहुल १८ रनमा आउट भए । रोहित शर्मा १४ र कप्तान विराट कोहली ९ रन बनाए भने हार्दिक पाण्डेयले २३ बनाए । रविन्द्र जडेजाले अविजित २६ रन बनाए ।




