काठमाडौं । सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहअल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमै नेपाली टोपी र खाँदा लगाएर सम्मान गरेका हुन् ।
नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेतासम्म पुर्याउन योगदान दिएवापत युवा तथा खेलकुद मन्त्रालयले योगदानको कदर गर्दै सम्मान गरेको हो ।
मुख्य प्रशिक्षक अल्मुताइरीले समग्र खेलाडी र आफ्नो कडा परिश्रमबाट नेपालले फुटबलमा उच्चस्तरको नतिजा हासिल गरेको प्रतिक्रिया दिएका छन् ।




