काठमाडौं । टी–२० विश्वकपअन्तर्गत अहिले जारी खेलमा भारतले खराब शुरुवात गरेको छ । न्यूजील्यान्डसँग जारी खेलमा भारतले ५ विकेट गुमाइसकेको छ ।
दुवै टोलीका लागि निकै महत्त्वपूर्ण मानिएको आजको खेलमा भारतका कप्तान विराट कोहली, रोहित शर्मा, इशान किसन, रिशव पन्त र केएल राहल आएट भएका हुन् ।
१५ ओभरको खेल सकिदासम्म भारतले ५ विकेटको क्षतिमा ७३ रन मात्रै बनाउन सकेको छ । दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा न्युजील्याण्डले टस जितेर फिल्डिङ राजेको थियो । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ ।
सेमिफाइनलसम्म पुग्नका लागि भारतले खेल जित्न जरुरी छ । समूहमा पाकिस्तान, न्यूजील्यान्ड, भारत, नामीबिया, स्कटल्यान्ड र अफगानिस्तान छन्।




