काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुतारीलाई स्वागत गरेका छन् ।
शनिबार नेपाल फर्किए लगतै आईतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुतारीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।
नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री गहतराजले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गरे ।
विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्रीले भने, ‘नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।’
स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुतारीले नेपाल र नेपालीहरुको मायाँले आफु पुन नेपाल फर्किएको बताए । आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफुलाई धेरै माया दिएको बताए ।
शनिबार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्षका नेपालकालागि फुटबल प्रशिक्षकका रुपमा काम गर्ने भएका छन् ।




