खेलकुद

विश्वकप क्रिकेट : श्रीलंकामाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जीत

काठमाडौं । विश्वकपअन्तर्गत आज भएको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । दुबईको सारजहाँमा भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि ४ विकेटको जीत निकालेको हो ।

श्रीलंकाले दिएको १४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले एक बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टाएको हो । दक्षिण अफ्रिकाका लागि टेम्बा बभुमाले सर्वाधिक ४६ रन बनाए । त्यसतै डेभिड मिलरले अविजित २३, एडन मारक्रमले १९ रन बनाए ।

त्यसअघि श्रीलंकका लागि पशुम निशानकाले सर्वाधिक ७२ रन बनाए । कुशल परेर ७ रनमा आउट हुँदा चरिथ अशलंकाले २१ रन बनाए । अन्य व्याट्सम्यानको प्रदर्शन राम्रो हुन सकेन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *