खेलकुद

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आज नेपाल आउँदै

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आज नेपाल आउँदैछन् ।

उनी आज कतार एयरवेजमार्फत साँझ ७ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

उनी साफ च्याम्पियनसिपको तयारीका लागि गत असोजमा नेपाली टोलीभन्दा अगाडि नै अब्दुल्लाह कतार पुगेका थिए ।

उतैबाट माल्दिभ्स पुगेका साफ च्याम्पियनसिप खेलाएका अब्दुल्लाहले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका थिए ।

साफ च्याम्पियनसिप सकिनुअघि नेपाल नफर्किने घोषणा गरेका अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शर्पा र कतार फुटबल संघसँगको वार्तापछि नेपाल आउने भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *