काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमा वेस्ट इन्डिज विजयी भएको छ ।
टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशलाई तिन रनले पराजित गर्दै वेष्ट इन्डिजले पहिलो जीत निकालेको हो । वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउन सक्यो । बंगलादेशका लागि लिट्टन दासले सर्वाधिक ४४ रन बनाए । कप्तान महमुदउल्लाहले अविजित ३१ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ४० रन बनाए । रोस्टन चेसले ३९ रन जोड्दा जासन होल्डरले अविजित १५ रन बनाए ।




